१२ असार २०८३, शुक्रबार

बस र ट्रक ठोक्किँदा १७ जना घाइते

मंसिर २२, २०७९
बस र ट्रक ठोक्किँदा १७  जना घाइते
सांकेतिक तस्बिर

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका –१ विनयी खोलानजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो । 

बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु २ ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सकुसल रहेको पाठकले बताए । 

बस र ट्रक ठोक्किएपछि अहिले उक्त स्थानमा एकतर्फीरुपमा मात्रै यातायात सञ्चालन भएको छ । दुर्घटनामा परेका सवारी हटाएपछि मात्र दुई तर्फीरुपमा सवारी सञ्चालनमा आउने उनले बताए । रासस 

salt training

कमेन्ट गर्नुहोस्