
काठमाडौं, २९ साउन – एमालेको मोर्चा संगठनको बैठकले बाढी प्रभावित क्षेत्रमा जनवर्गिय संगठनहरूलाई खटाउने निर्णय गरेको छ । मोर्चा संगठन प्रमुख तथा पार्टी सचिव गोकर्ण विष्टको अध्यक्षतामा बसेको बैठकले अविरल वर्षाका कारण देशका विभिन्न भागहरुमा भएको जनधनको क्षतिप्रति दुःख समेत व्यक्त गरेको छ ।
समयमै कोशी बा“धका ढोकाहरु नखोल्दा पूर्वी तराईमा बिकराल समस्या उत्पन्न भएको परिस्थितिमा तुरुन्तै कुटनीतिक पहल गरी बा“धका ढोकाहरु खोल्नुपर्ने दायित्वप्रति सरकारले समायोचित कदम चाल्न नसकेको प्रति समेत बैठकले दुःख व्यक्त गरेको छ ।
साथै सम्पूर्ण संगठनहरुलाई उद्दार तथा राहतको लागि विभिन्न ठाउँको जिम्मेवारी दिइएको छ ।
कसले कहाँको जिम्मेवारी पाए ?
सप्तरी – युवासंघ नेपाल र भूमिहीन सुकुम्वासी संगठन
सिरहा – अनेरास्ववियु
धनुषा – अखिल नेपाल महिला संघ
महोत्तरी – लोकतान्त्रिक मधेसी संगठन र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ
सर्लाही – अखिल नेपाल किसान महासंघ
रौतहट – नेपाल बुद्धिजीवी परिषद् र मानवअधिकार एलान्यस
बारा – खेलकूद महासंघ
पर्सा – नेपाल टेड युनियन महासंघ (जिफन्ट)
झापा – जनसाँस्कृति महासंघ र मुक्ति समाज
मोरङ – पेसागत महासंघ, नेपाल
सुनसरी – उद्योग व्यवसायी महासंघ र प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन
बर्दिया – भूपू सैनिक संगठन
बाँके – मानवअधिकार एलान्यस
कपिलवस्तु - मुस्मिल इत्तेहाद संगठन र लोकतान्त्रिक अपाङ्ग संघ
बैठकले उपरोक्त जिल्लाहरुमा नेकपा (एमाले)का जिल्ला कमिटीहरु, जनसंगठनका स्थानीय कमिटीहरु, रेडक्रसलगायतका विभिन्न सामाजिक संघ, संस्थाहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासनलगायतसँग समन्वय गरी तत्कालै उद्धार र राहत कार्यमा जुट्न पार्टीका सम्पूर्ण जनसंगठन र सदस्यहरुलाई निर्देशन गरेको पार्टी सचिव योगश भट्टराईले जनाएका छन् ।