१४ असार २०८३, आइतबार

बाढीका कारण तराईमा मानवीय संकट, विद्युत र टेलिफोन अवरुद्ध

कात्तिक २०, २०७४
बाढीका कारण तराईमा मानवीय संकट, विद्युत र टेलिफोन अवरुद्ध



काठमाडौं २९ साउन । केहीदिन देखीको अविरल बर्षाका कारण तराइका अधिकाशं जिल्ला बाढी र डुवानको चपेटामा परेका छन् । बाढी पहिरोका कारण शनिवारदेखि आइतवार दिउसोसम्म कम्तिमा ४९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले आइतवार विहान १० बजेसम्म ४९ जनाको मृत्यु भएको जनाएको छ । सो संख्या बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

घरमा बाढी पसेका कारण लाखौं जनता घरबाहिर बस्न बाध्य भएका छन् । घरमा पानी पसेपछि खाना र पानीको समस्या भएको विभिन्न जिल्लाका पीडितहरुले बताएका छन् । पानी पर्न नरोकिएकोले राहात वितरणमा उद्दार कार्यमा समस्या देखिएको छ ।

बाढी प्रभावित क्षेत्रमा बृद्ध र बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेको छ । रेडक्रस लगायतका संघ संस्थाले बाढी पीडितलाई खाना र ओडने कपडाको व्यबस्था गरेपनि त्यो अपुग देखिएको छ ।

डुवानका कारण विराटनगर विमानस्थल शनिवार देखी नै अबरुद्ध बनेको छ भने तराइका अन्य विमानस्थलपनि अबरुद्ध बनेका छन् । बाढीका कारण सुनसरीमा पूर्व पश्चिम राजमार्ग समेत अबरुद्ध बनेको छ ।
रौतहटमा सडकको खाल्योमा जिप डुव्दा गर्भवती महिला सहित ६ जनाको मृत्यु भएको छ । डुवानका कारण वीरगञ्ज–रक्सौलको जनजीवन र व्यापार व्यबसाय प्रभावित भएको छ ।

बाढीका कारण चितवनको पर्यटकीय क्षेत्र सौराहा डुवानमा परेको छ । राप्ती र बूढीराप्ति खोलामा आएको बाढी बजारमा पसेपछि सौराहा डुवानमा परेको हो । डुवानका कारण सौराहामा रहेका पर्यटकलाई हात्तिबाट उघार गरिएको छ ।

पश्चिमको दाङमा पनि बाढीका कारण तीन जनाको मृत्यु भएको छ । बाँके र बर्दियाका विभिन्न क्षेत्रपनि डुवानमा परेका छन् । बाढी पीडितको राहात र उद्धारका लागि सुरक्षाकर्मीको परिचालन गरिएको छ ।

२५ बर्ष यताकै ठूलो बाढी

स्थानीय जनप्रतिनिधिहरुले तराइका जिल्लामा विसं २०४९ साल यताकै ठूलो बाढी आएको बताएका छन् । डुवानमा परेका क्षेत्रका सर्वसाधारण नागरिक नजिकैका अग्ला भवनमा बसेका छन् । बृद्ध, विरामी र बालबालिकामा चिसोको संक्रमण सुरु भएको ती स्थानका जनप्रतिनिधिहरुले जनाएका छन् । भारतले सीमावर्ती क्षेत्रमा बनाएका बाधका कारण नेपाल तर्फको भूमि डुवानमा परेको हो ।

बाढी र डुवानका कारण पूर्व पश्चिम राजमार्ग विभिन्न् स्थानमा अबरुद्ध बनेको छ । सर्लाहीमा बाढीले सडक भत्काएपछि राजमार्ग अबरुद्ध बनेको छ । सर्लाहीको सागरनाथ जंगल खण्डमा पर्ने अमुवा पुल छेउमा पुर्व(पश्चिम राजमार्गको सडक खण्ड बगाएपछि राजमार्ग अबरुद्ध भएको हो ।

रौतहटको केही क्षेत्रमा राजमार्गमा पानी जमेको छ । बारामा पनि एउटा पुल भासिएको छ । पुल भासिएपछि राजमार्गमा सयौ सवारी साधन अलपत्र परेका छन् ।

उता दाङमा पूर्व पश्चिम राजमार्ग अबरुद्ध बनेको छ । दाङ–बाँके सडक खण्डको अगैयामा सडक भत्किदा राजमार्ग अरुद्ध भएको छ । अविरल बर्षापछि आएको बाढीका कारण सडक भत्किएपछि राजमार्ग अबरुद्ध भएको हो ।
कोहलपुर–लमही सडक खण्डअन्तर्गत बाँकेको गुन्दली खोलाको पुल भत्किएका काराण पूर्व पश्चिम राजमार्ग अबरुद्ध बनेको छ ।


शुक्रबार रातभरि परेको अबिरल वर्षाका कारण बाढीले पूर्व–पश्चिम सडकखण्डअन्तर्गत कोहलपुर–कुसुम क्षेत्रमा पर्ने गन्धैली नालाको पुल बगाउँदा यातायात अवरुद्ध भएकोले उद्दार गर्दै प्रहरी । तस्बिर : प्रदीपराज वन्त, रासस


शुक्रबार रातभरि परेको अबिरल वर्षाका कारण बाढीले पूर्व–पश्चिम सडकखण्डअन्तर्गत कोहलपुर–कुसुम क्षेत्रमा पर्ने गन्धैली नालाको पुल बगाउँदा यातायात अवरुद्ध भएकोले यात्रुलाई खोला तार्दै प्रहरी । तस्बिर : प्रदीपराज वन्त, रासस


कोहलपुर–लमही सडक खण्डअन्तर्गत बाँकेको गुन्दली खोलाको पुल भत्किएर सडक अवरुद्ध बन्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस 

salt training

कमेन्ट गर्नुहोस्