काठमाडौं, २९ साउन — निर्वाचन आयोगको कामकारबाहीप्रति असहमति जनाउँदै राप्रपा अध्यक्ष कमल थापाले आक्रोश व्यक्त गरेका छन् ।
राप्रपा विभाजनको घोषणा गर्दै वरिष्ठ नेता पशुपति शमशेर राणाले निर्वाचन आयोगमा दर्ता गराएको नयाँ दल दर्ताको निवेदनपछि आयोगको कामकारबाहीमा असहमति जनाउँदै थापा आक्रोशित बनेका हुन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै थापाले आयोग सत्ता र शक्तिको छायाँमा परेको आरोप लगाउँदै उसले राप्रपा विभाजनका सम्बन्धमा भएका निर्णयहरु संविधानका प्रचलित कानुन र स्थापित नजिर विपरितका रहेको दाबी गरेका छन् ।
उनले राणा समूहले पार्टी विभाजनका लागि ४० प्रतिशत पुर्याउन नसकेको दाबी गर्दै सोलगत्तै आयोगले निवेदन खारेज गरिदिनुपर्नेमा संविधान र कानुन विपरितका निर्णहरु लाद्ने काम भएको आरोप लगाएका छन् ।
आजैमात्रै राणा समूहले सनाखत गराउने समयसीमा १० दिन थप्न आयोगमा निवेदन दिएको थियो । जवकी आयोगले राणा समूहलाई आजै आयोगमा सनाखतका लागि बोलाएको थियो ।
विज्ञप्ति हेर्नुहोस्ः
