०४ साउन २०८३, सोमबार

बाढीपीडित राहत कोष स्थापना गर्न घले दम्पतीद्वारा रु एक करोड दिने घोषणा

कात्तिक २०, २०७४
बाढीपीडित राहत कोष स्थापना गर्न घले दम्पतीद्वारा रु एक करोड दिने घोषणा

काठमाडौँ, २९ साउन - गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका बाढी पीडितलाई आपतकालीन राहत कोष ‘बाढीपिडीत राहत कोष’ स्थापनाका लागि रु एक करोड सहयोग गर्ने भएको छ ।shesh

एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आज बसेको आकस्मिक बैठकले राहतका लागि कोष स्थापना गर्न एनआरएनका अध्यक्ष शेष घले र उहाँका पत्नी जमुना गुरुङले तत्कालै रु एक करोड दिने घोषणा गरेको संघका प्रवक्ता रञ्जु थापा वाग्लेद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कोषमा अध्यक्ष घले र गुरुङको एमआइटी फाउण्डेसनले एक करोड सहयोग दिने, संघका प्रमुख संरक्षक जीवा लामिछाने तथा उपाध्यक्ष भवन भट्ट र कुमार पन्त, महासचिव डा बद्री केसी र सचिव अर्जुन श्रेष्ठले रु एक÷एक लाख तथा प्रवक्ता रन्जु थापाले रु ५० हजार र कोषाध्यक्ष हिक्मत थापाले रु ५१ हजार सहयोगको घोषणा गरिसक्नुभएको विज्ञप्तिमा उल्लेख छ । साथै एक साताभित्र रु दुई करोड संकलन गरी वितरण थाल्ने संघको तयारी छ ।

विपद्का बेलामा विश्वभरी छरिएर रहनुभएका नेपालीलाई आफ्नो क्षमताले भ्याएसम्म रकम सहयोग गरी पीडित दाजुभाई तथा दिदीबहिनीलाई सहयोगको हात अगाडि बढाउन गैरआवासीय नेपाली संघले अपिल गरेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्