१० साउन २०८३, आइतबार

नेपाल खेलको लागि महत्वपूर्ण सम्भाव्यता भएको देशः खेलकुदमन्त्री

मंसिर २४, २०७९
नेपाल खेलको लागि महत्वपूर्ण सम्भाव्यता भएको देशः खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाल खेलको लागि महत्वपूर्ण सम्भावना बोकेको देश भएको बताएका छन् । शनिवारदेखि काठमाडौंको दशरथ रंगशालामा शुरु भएको एशिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटनपछि बोल्दै उनले नेपाल प्राकृतिक विषमताहरू भएको देश रहेको उल्लेख गर्दै नेपालका हिमाल, पहाड र तराईका क्षेत्रहरुमा विश्वका सबै ठाउँमा पाइने हावापानी भएकाले खेलकुदको ठूलो सम्भावना बोकेके देश भएको बताए । 

‘नेपाल खेलको लागि असाध्यै महत्वपूर्ण स्कोप भएको देश हो । हाम्रा प्राकृतिक विषमताहरु छन्, तराई, हिमाल, पहाडी भूभागहरु छन्, यहाँ विश्वका सबै खालका खेलहरु खेल्नका लागि नेपाल उपयुक्त छ । नेपाल खेलको महत्वपूर्ण सम्भावना भएको देश हो । भक्तपुरको चाँगुनारायण स्थानमा अन्तर्राष्ट्रिय स्तरको रग्बी रंगशाला निर्माण गर्ने प्रक्रिया समेत अघि बढेको छ’, मन्त्री गहतराजले भने । 

मन्त्री गहतराजले नेपालको भौगोलिक विविधताले खेलकुदका गतिविधिहरु सञ्चालन गर्नेकुरामा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा अन्तर्राष्ट्रियस्तरका खेलहरू नेपालमा खेलाउन पनि आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्