
पोर्चुगललाई पराजित गर्दै मोरोक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको क्वार्टरफाइनल खेलमा पोर्चुगल मोरोक्कोसँग १–० ले पराजित भएको हो । यससँगै कतार विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलबाटै घर फर्किन बाध्य बन्यो ।
अल थुमामा रंगशालामा भएको खेलमा खेलको ४२ औं मिनेटमा मोरोक्कोका युसेफले गरेको गोल नै निर्णायक बन्न पुगेको हो ।
सेमिफाइनलमा मोरोक्कोले फ्रान्स र इङ्ल्याण्डबीच हुने प्रतिस्पर्धाबाट विजयी हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।