३१ जेठ २०८३, आइतबार

ताप्लेजुङमा डेढ दर्जन करणीका घटना

मंसिर २५, २०७९
ताप्लेजुङमा डेढ दर्जन करणीका घटना

ताप्लेजुङमा एक वर्षमा करिब डेढ दर्जन करणीसम्बन्धी घटना घटेका छन् । जबरजस्ती करणी, बाल यौन दूव्र्यबहार, बालबालिका करणीसम्बन्धी घटना भएको देखिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिबार सार्वजनिक गरेको तथ्याङ्कमा जनाइए अनुसार सन्  २०२२ मा करणीसहित २० वटा घटना घटेका छन् । सबैभन्दा बढी करणीसम्बन्धी घटना भएको इन्सेक ताप्लेजुङका प्रतिनिधि देवराज गरुङले जानकारी दिए । 

करणीसम्बन्धी घटना ११ वटा भएको देखिन्छ, उनले भने । सोहीअनुसार बाल यौन दुव्र्यवहारका घटना दुई र करणी तथा मानव बेचविखनका घटना एक वटा भएको छ । स्वास्थ्यकर्मी तथा ज्येष्ठ नागरिकमाथि कुटपिट एक एक, हत्यासम्बन्धी तीन र बहुविवाह सम्बन्धी एक घटना भएको उनले बताए ।  

इन्सेक प्रतिनिधि गुरुङले अपरिचित व्यक्तिसहित परिवारका सदस्य र चिनजानका आफन्तबाट महिला तथा बालिकामाथि करणी भएको पाइएको छ । मानवअधिकार उल्लङ्घनसम्बन्धी विभिन्न २० वटा घटनामा २१ जना पीडित भएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्