
सेती नदीमा बगेर एक युवकको मृत्यु भएको छ । डोटीस्थित शिखर नगरपालिका–२ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
स्थानीयले शनिबार दिउँसो नदीमा तैरिरहेको अवस्था उनको शव देखेका थिए । प्रहरी र स्थानीयको सहकार्यमा उनको शव निकालिएको थियो ।
मृतकको शव पोष्टमर्टमका लागि अस्पताल लगिएको छ ।