०९ असार २०८३, मंगलबार

संशोधन विधेयकमा मंगलबार भोटिङ , पुग्ला दुई तिहाइ ?

कात्तिक २०, २०७४
संशोधन विधेयकमा मंगलबार भोटिङ , पुग्ला दुई तिहाइ ?
काठमाडौं, ३० साउन -सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को माग पूरा गर्न व्यवस्थापिका–संसद्मा भोलि (मंगलबार) संविधान संशोधन विधेयक निर्णयार्थ पेस गर्दै भोटिङमा लैजाने भएको छ । राजपासँग विधेयक भोटिङमा लैजाने सहमतिअनुसार सरकारले मंगलबारको व्यवस्थापिका–संसद्को बैठकमा विधेयक पेस गर्ने भएको हो । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र तथा राजपाबीच आइतबार भएको छलफलमा विधेयक पेस गर्न सहमति जुटेको छ, राजधानी दैनिकमा खबर छ ।samsad_2

राजपाका नेता राजकिशोर यादवले मंगलबार बस्ने व्यवस्थापिका–संसद्को बैठकमा संशोधन पेस गर्ने सहमति जुटेको बताए । कांग्रेस, माओवादी केन्द्र र राजपाबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संविधान संशोधन भोटिङमा लैजाने सहमति जुटेको थियो ।

बैठकमा संशोधन निर्णयार्थ पेस गर्ने र फेल भए पनि ‘खेलको नियमअनुसार’ आगामी २ असोजमा हुने स्थानीय तहअन्तर्गत प्रदेश २ को निर्वाचनमा सहभागी हुने सहमति भएको थियो । सरकारले संशोधन विधेयक निर्णयार्थ पेस गर्ने तयारी गरे पनि दुई तिहाइ पुग्ने सम्भावना छैन । संशोधन विधेयकको पक्षमा मतदान गर्ने बताउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विभाजनपछि दुई तिहाइको कसरत थप टाढा देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्