काठमाडौं, ३० साउन— नेपालस्थित भारतीय दूताबासले सीमा क्षेत्रमा रहेका कोशी, गण्डक र राप्ती ब्यारेजका सबै ढोका खुल्ला गरिएको जनाएको छ ।

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आइतबार साँझ ब्यारेजको ढोका खोल्न आग्रह गर्दै भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन वार्ता गरेका थिए । सोलगत्तै भारतीय दूताबास सबै ढोका खुल्ला गरिएको बताएको हो ।
टेलिफोन वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले निर्देशन दिएको जानकारी गराएकी थिइन् ।