
बैतडीमा दुई लाख ३५ हजार राशीको अन्तरपालिका भलिवल प्रतियोगिता हुनेभएको छ । आज आइतबारदेखि सुरु हुने प्रतियोगितामा बैतडीबाट नौ वटा पालिकाका भलिवल खेलाडीको सहभागिता रहने जिल्ला खेलकुद बैतडीका प्रशिक्षक हरिसिंह भण्डारीले बताए ।
मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा सहभागी हुन पालिकाबाट खेलाडीको सूची आइपुगेको ट्रष्टका सचिव विनोदबहादुर चन्दले बताए ।
शहीद दशरथचन्दको जन्मघर हुँदै प्रभातफेरीको आयोजना गरेर दशरथचन्द खेल मैदान सुन्दरखालीमा प्रतियोगिताको उदघाटन हुने उनले जानकारी दिए । प्रथम हुने टीमलाई नगद एक लाख २५ हजार रुपियाँ र ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ । त्यस्तै, दोस्रो हुनेलाई नगद ७५ हजार र ट्रफी तथा तेस्रो हुनेलाई नगद ३५ हजार रुपियाँ र ट्रफी वितरण गरिने ट्रष्टको भनाइ छ ।