×

NMB BANK
NIC ASIA

हेलिकप्टर चार्टर गरेर ‘डिसेम्बर फल्स’को सुटिङ, गरियो एकदिनमै १० लाख खर्च

सकियो चलचित्रको सम्पूर्ण छायाँकन

मंसिर २५, २०७९

NTC
Premier Steels

आर्यन सिग्देल र उपासना सिंह ठकुरी स्टारर चलचित्र ‘डिसेम्बर फल्स’को सम्पूर्ण छायाँकन सकिएको छ ।

Muktinath Bank

आगामी पुसको १५ गते (डिसेम्बर ३०)देखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको हिजो (शनिबार) सम्पूर्ण छायाँकन सकिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिबार चलचित्र यूनिटले हेलिकप्टर चार्टर गरेर लाङटाङ क्षेत्र पुगी एक दृश्य खिच्दै सम्पूर्ण छायाँकन सकेको हो ।


Advertisment
Nabil box
Kumari

एउटा दृश्यका लागि सम्पूर्ण यूनिट हेलिकप्टर चार्टर गरेर लाङटाङ पुगेको प्रस्तुतकर्ता एवं निर्माता रामप्रसाद रिजालले जानकारी दिए । उक्त दृश्य खिचिएसँगै चलचित्रको सम्पूर्ण छायाँकन सकिएको उनले बताए ।
शनिबारको एकदिनको सुटिङमा मात्रै १० लाख रुपैयाँ बढी खर्च भएको निर्माण टिमले जनाएको छ । यसले चलचित्रलाई स्तरीय बनाउन निर्माण टिमले गरेको मेहनतलाई प्रष्ट पार्छ । निर्माण टिमले चलचित्रको दृश्यदेखि गीतमा निकै मेहनत गरेको छ । 

Vianet communication

प्रवीण झा निर्देशित ‘डिसेम्बर फल्स’ एक्सन र लभस्टोरी जनरामा निर्माण भएको चलचित्र हो । विपिका खनालको कथा, केदार भुसाल र प्रतिक पौडेलको पटकथा एवं संवाद रहेको यसै चलचित्रमार्फत आर्यन र उपासनाले पहिलोपटक एकअर्कासँग स्क्र्रिन शेयर गरेका हुन् । चलचित्रमा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौड्याल, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राणा लगायतको पनि अभिनय छ ।

राजकुमार भट्ट पनि निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् ।

महेश आर गुप्ताको छायाँकन रहेको चलचित्र सम्पादनको जिम्मेवारी भने बनिश शाहमा छ । पोष्टर, टिजर र गीतबाट यो चलचित्रले निकै राम्रो हाइप बनाएको छ । चलचित्रलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ । 

यस्तो छ चलचित्रको टिजर :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x