०६ साउन २०८३, बुधबार

चोलेन्द्रको निलम्बन फुकुवा प्रकरण : संसद् सचिवालयले सर्वोच्चलाई पठायो जवाफ

मंसिर २५, २०७९
चोलेन्द्रको निलम्बन फुकुवा प्रकरण : संसद् सचिवालयले सर्वोच्चलाई पठायो जवाफ

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निलम्बनको फुकुवासम्बन्धी पत्रबारे संघीय संसद् सचिवालयले आइतवार सर्वोच्च अदालतलाई जवाफ पठाएको छ ।

संसद्का महासचिव डा. भरतराज गौतमले आइतवार सर्वोच्चलाई लिखित जवाफ पठाएका हुन् । संसद् सचिवालयका एक अधिकारीले आइतवार नै जवाफ पठाइएको जानकारी दिए । जवाफको व्यहोरा भने खुलाइएको छैन ।

गौतमले चोलेन्द्रलाई निलम्बन फुकुवाको पत्र दिएपछि मंसिर २१ गते सर्वोच्च अदालतको फुलकोर्ट बैठकले सचिवालयसँग जवाफ माग गरेको थियो । 

२३ गते सर्वोच्चले निलम्बन फुकुवासम्बन्धी पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । 

हुँदै नभएको अधिकार प्रयोग गरेर चोलेन्द्रको निलम्बन फुकुवा गरेको भन्दै संसद्मा महासचिव गौतम विवादमा तानिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्