१० असार २०८३, बुधबार

बाढीपहिरोबाट हालसम्म ६६ को मृत्यु, ५३ जना बेपत्ता : गृह मन्त्रालय

कात्तिक २०, २०७४
बाढीपहिरोबाट हालसम्म ६६ को मृत्यु, ५३ जना बेपत्ता : गृह मन्त्रालय


काठमाडौँ, ३० साउन - गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ६६ जनाको मृत्यु भएको जनाएको छ ।badhi tarai

गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा नौ, सुनरसीमा आठ, मोरङमा छ, सिन्धुली र झापामा चार/चार, दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा तीन/तीन, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा दुई/दुई तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक/एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी झापामा १४, रौटहटमा आठ, मोरङमा सात, सुनसरीमा छ, मकवानपुर र पाँचथरमा तीन/तीन, पर्सामा दुई तथा सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दिमा एक/एक जना बेपत्ता भएका छन् ।

विपद्का कारण हालसम्म एक हजार पाँच घरमा क्षति पुगेको गृहमन्त्रालयले जनाएको छ । बाढीपहिरो तथा डुबानमा परेका व्यक्तिको खोज,उद्धार र राहत वितरणका लागि केन्द्रमा गृह मन्त्रालय र प्रभावित जिल्लामा जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी प्रतिकार्यका लागि समन्वय भइरहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । राहत वितरणका लागि प्रभावित २१ जिल्लामा रु एक करोड ९८ लाख रकम निकासा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
केही दिनदेखि सक्रिय मनसुन सोमबारदेखि कमजोर बन्दै जाने मौसमविद्हरूले बताएका छन् । पूर्वी क्षेत्रमा शुक्रबार र शनिबार सक्रिय मनसुन आइतबारदेखि मध्य तथा पश्चिम भेगमा केन्द्रित भएको छ ।

यसैबीच सरकारले बाढी पहिरोका कारण ज्यान गुमाउनेको परिवारलाई दुई लाखको दरले राहत उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । 

बैठकले बाढी र पहिरोबाट विस्थापित भएकाहरुलाई राहत वितरणमा ढिलाई नगर्न तथा उद्दारमा खटिन पनि सम्बन्धित निकायलाई निर्देशन पनि दिएको  छ  । 

बैठकले बाढी र पहिरोपीडित परिवारहरुलाई उचित वासस्थानको व्यवस्था गर्न युद्धस्तरमा लाग्न सबै निकायलाई निर्देशन समेत दिएको सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्