×

NIC ASIA

बागमती प्रदेशका प्रमुख समक्ष मानवअधिकार आयोगले बुझायो प्रतिवेदन

मंसिर २५, २०७९

Prabhu Bank
NTC
Premier Steels

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राष्ट्रिय मानवअधिकार आयोग, बागमती प्रदेश कार्यालय, हेटौँडाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरेको छ । 

Muktinath Bank

प्रदेश प्रमुख शर्मालाई आयोग प्रदेश कार्यालयका प्रमुख यज्ञप्रसाद अधिकारीले नेपालको संविधानको २९४ को उपधारा ३ बमोजिम आज दोस्रो वार्षिक प्रतिवेदन पेश गरेका हुन्। आयोगले बुझाएको प्रतिवेदनमा आयोगको बागमती प्रदेश कार्यालयमा मानवअधिकार उल्लङ्घन भएको भनी ३३ उजुरीहरू दर्ता भएको उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आवमा उजुरीसहित हाल बामगती प्रदेश कार्यालयमा पाँच सय ९७ उजुरी विचाराधीन रहेको पाइएको छ । मानव अधिकारसँग सम्बन्धित घटनाको २९ पटक अनुगमन गरिएको जनाइएको छ । कार्यालयले पुराना र नयाँ गरी एक सय ५७ उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको प्रतिवेदनमा जनाइएको छ । बागमती प्रदेशका एक सय २० उजुरी फछ्र्यौट भएको उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

आयोगका सिफारिसमा कार्यान्वयनतर्पm १५.३ प्रतिशतपूर्ण कार्यान्वयन, ३९.२ प्रतिशत आंशिक कार्यान्वयन र ४५.५ प्रतिशत कार्यान्वयन हुन बाँकी रहेको उल्लेख गरिएको छ । तथ्याङ्कको आधारमा हेर्दा आयोगका सिफारिस कार्यान्वयन सन्तोषजनक नभएको पाइएको छ । त्यसैगरी विभिन्न सरकारी निकाय तथा गैरसरकारी क्षेत्रबाट भएको आमन्त्रणमा २१ पटक मानवअधिकार सम्बन्धित विशेषज्ञ सेवा उपलब्ध गराएको जनाइएको छ ।

Vianet communication

यसै आवमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन, २०७९ को आयोगको प्रदेश, कार्यालय, हेटौँडाले १३ वटै जिल्लामा अनुगमन गरेको पनि प्रतिवेदनम उल्लेख गरिएको छ । अनुगमन टोलीले निर्वाचन पूर्वको अवस्था, निर्वाचनको दिन र निर्वाचनपश्चातको अवस्था गरी तीनै चरणमा मानवअधिकारको दृष्टिकोणबाट अनुगमन गरेको जनाइएको छ । आयोगका अनुसार अनुगमनबाट प्राप्त प्रतिवेदनको आधारमा सम्बन्धित पक्षको ध्यानाकर्षण भएको छ ।

मानवअधिकार रक्षकको मर्यादा, सुरक्षा र पहिचानको लागि यस अवधिमा बागमती प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधि समावेश गरी राजधानी हेटौँडामा मानवअधिकार रक्षकसम्बन्धी प्रादेशिक सम्मेलन पनि आयोजना गरिएको प्रतिवेदनमा जनाइएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x