०४ असार २०८३, बिहीबार

धनुषामा बञ्चरो प्रहार गरेर सुतिरहेकी श्रीमतीको हत्या

मंसिर २६, २०७९
धनुषामा बञ्चरो प्रहार गरेर सुतिरहेकी श्रीमतीको हत्या
सांकेतिक तस्बिर

धनुषामा श्रीमानले बञ्चरो प्रहार गरी श्रीमतीको विभत्स हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदिपबहादुर क्षेत्रीका अनुसार बटेश्वर गाउँपालिका –५ शान्तिपुरका बिरेन्द्र याबदवले आफ्नी २७ बर्षीया श्रीमती रितादेवी यादवको हत्या गरेका हुन् । 

आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको डीएसपी क्षेत्रीले लोकान्तरलाई बताए । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ‘प्रहरीले अहिले मृतकका श्रीमानलाई पक्राउ गरेको छ । हामीले अनुसन्धान गरिरहेका छौं, डीएसपी क्षेत्रीले भने ।

salt training

कमेन्ट गर्नुहोस्