०८ साउन २०८३, शुक्रबार

उत्तर कोरियाले परमाणु आक्रमण नगर्नेमा अमेरिका ‘ढुक्क’ !

कात्तिक २०, २०७४
उत्तर कोरियाले परमाणु आक्रमण नगर्नेमा अमेरिका ‘ढुक्क’ !

वासिङ्टन, ३० साउन– अमेरिकी खुफिया एजेन्सी सीआईएका प्रमुखले उत्तर कोरियाको तर्फबाट तत्काल कुनै पनि प्रकारको आक्रमण हुने खतरा नभएको बताएका छन् ।

माइक पम्पियोले भनेका छन् कि उत्तर कोरिया आफ्नो हतियार कार्यक्रममा खतरनाक तरिकाले अगाडि बढिरहेको छ । यस्तोमा एक अर्को मिसाइल परीक्षणले कुनै हैरानी नहुने उनको भनाइ छ ।

तर उनले चेतावनी दिएका छन् कि अमेरिकाको ‘ रणनीतिक धैर्यता’ अब सकिसकेको छ ।

उत्तर कोरियामाथि लगाइएको नयाँ प्रतिबन्धपछि दुवैतर्फबाट चर्को बयानबाजी भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई ‘आगो र आक्रोश’को सामना गर्न चेतावनी दिइसकेका छन् ।

सीआईए प्रमुख माइक पम्पियोले भनेका छन् कि उत्तर कोरियाली नेता किम जोङ–उन आफ्नो हतियार कार्यक्रमलाई विकसित गर्ने कार्य जारी राख्नेछन् ।

जब उनीसँग सोधियो ‘अमेरिकासम्म मार हान्ने वाला परमाणु हतियार विकास गर्ने दिशामा उत्तर कोरियाले कहाँसम्म पुग्यो ?’ उनको जवाफ थियो, ‘उ नजिक छ ।’ ‘फोक्स न्यूज सन्डे’लाई दिएको अन्तर्वातामा पम्पियोले भनेका छन्, ‘ऊ (उत्तर कोरिया) अरु खतरानाक भएर तीब्र रुपमा अगाडि बढिरहेको छ ।’

जुलाईमा उत्तर कोरियाले दुई वटा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परीक्षण गरेपछि उसको परमाणु कार्यक्रमलाई लिएर लामो समयदेखि जारी तनाव बढेको छ । त्यसपछि उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले सर्वसम्मति रुपमा नयाँ आर्थिक प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।


सीआईए प्रमुख माइक पम्पियो


यद्यपि सीआईए प्रमुख पम्पियोले उत्तर कोरियाबाट तत्कालै परमाणु हमला हुने कुनै सम्भावना नभएको बताएका छन् । उनले भनेका छन्, ‘मैले धेरै मानिसलाई परमाणु हमला हुने हो कि भनेर कुरा गरिरहेको सुनेको छु । तर मसँग यस्तो कुनै खुफिया जानकारी मिलेको छैन, जसमा यस्तो संकेत होस् कि हामी परमाणु हमलाको निशानामा छौं ।’

उत्तर कोरियाले बिहीवार मात्रै अमेरिकी प्यासिफिक क्षेत्रमा रहेको गुआम द्वीपमा मिसाइल हमला गर्ने चेतावनी दिएको थियो ।

यसको जवाफमा अमेरिकी राष्ट्रपतिले भनेका थिए, ‘यदि गुआममा कुेही भयो भने उत्तर कोरियाले धेरै ठूलो समस्याको सामना गर्न तयार हुनेपर्ने छ ।’

salt training

कमेन्ट गर्नुहोस्