०६ असार २०८३, शनिबार

सिञ्जाका सडक पुनर्निर्माण गर्न बजेट व्यवस्थापन

मंसिर २७, २०७९
सिञ्जाका सडक पुनर्निर्माण गर्न बजेट व्यवस्थापन
प्रतिकात्मक तस्वीर

गत असोज १९ देखि २३ गतेसम्म परेको अविरल वर्षा र बाढीपहिरोले विशेषगरी सिञ्जा क्षेत्रमा धनजनको ठूलो क्षति गरेको थियोे । ग्रामीण सडकदेखि राजमार्गसम्म जोडिएका सडकखण्ड पनि बाढीपहिरोले क्षति गरेपछि पुनः स्तरवृद्धिका काम भइरहेका छन् । 

सिञ्जा गाउँपालिकामा भत्किएका सडक निर्माणका लागि ५ करोड रुपैयाँको बजेट अर्थ मन्त्रालयबाट विनियोजित भई शहरी विकास एकाइ कार्यालय सुर्खेतले सोमवार खुला प्रतिस्पर्धा माध्यमबाट बोलपत्र प्रकाशित गरेको सिञ्जाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

उनले भने, ‘सडक पुनः स्तरवृद्धिका लागि हिमा गाउँपालिका–१ आचार्यलिहीको जिरो प्वाइन्टबाट धिताललिही, नराकोट जाच, झिम्डिकुना हुँदै कनकासुन्दरी मन्दिरसम्म पुग्नेछ ।’

यहाँका नागरिकको आवश्यकता र उनीहरूको मागअनुसार महसूस हुने गरी काम गरिने अध्यक्ष धितालले बताए । कामलाई गुणस्तरीयरूपमा सम्पन्न गराउन सिञ्जावासीको भूमिका महत्त्वपूर्ण रहने गाउँपालिकाले जनाएको छ । 

ग्रामीण भेगका विकासे कामलाई तीव्रगतिमा लिनका लागि पालिकाले खुला प्रतिस्पार्धाबाट रोलर र जेसीबी खरिद गरी पालिकामा पुगिसकेको छ । कार्यविधि बनाइ सञ्चालनमा ल्याइने सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलला धितालको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्