१० साउन २०८३, आइतबार

सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ

मंसिर २७, २०७९
सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला रु दुई सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार सात सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ९० कायम रहेको महासंघले जनाएको छ । 

महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८२ दशमलव ३८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्