०५ साउन २०८३, मंगलबार

कुराकानीबाट तनाव मत्थर गर्न चीनले भारतलाई गर्‍यो आग्रह

मंसिर २७, २०७९
कुराकानीबाट तनाव मत्थर गर्न चीनले भारतलाई गर्‍यो आग्रह

अरुणाचल प्रदेशको यांग्त्सेमा भारत र चीनका सैनिकहरूबीच हिंस्रक झडप भएपछि वास्तविक नियन्त्रण रेखामा पुनः तनाव बढेको छ । 

यस विषयमा चीनले मंगलवार बयान जारी गरी सीमामा परिस्थिति स्थिर रहेको बताएको छ । 

भारतका रक्षामन्त्री राजनाथ सिंहले पनि मंगलवार लोकसभामा घटनाको विस्तृत जानकारी दिएका छन् । भारतीय जवानहरूले चिनियाँ सैनिकहरूलाई दृढतापूर्वक प्रतिकार गरी पछि हट्न बाध्य बनाएको उनले बताए । 

सीमामा भएको झडपको खबर आएको १२ घन्टापछि चीनले यस विषयमा बयान दिएको हो । सीमा विवादका विषयमा कूटनीतिक तथा सैन्य तहमा कुराकानी गर्नुपर्ने उसको भनाइ छ । 

सन् २०२१ को अक्टोबर महिनामा पनि दुई देशका सैनिकबीच आमनेसामनेको स्थिति थियो । 

salt training

कमेन्ट गर्नुहोस्