१० साउन २०८३, आइतबार

अरुणाचलमा शक्तिप्रदर्शन गर्ने दाउमा थियो भारत, रिसाएको चीनले गरायो झडप

मंसिर २७, २०७९
अरुणाचलमा शक्तिप्रदर्शन गर्ने दाउमा थियो भारत, रिसाएको चीनले गरायो झडप

अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा लगभग ३०० चिनियाँ सैनिकहरूले आक्रमण गरेपछि भारत र चीनबीचको तनाव बढेको छ । 

विगत केही दिनयता चीनका ड्रोनहरू मकमाहोन सीमारेखा नजिक भारतीय क्षेत्रमा आउने कोशिश गरिरहेका थिए । त्यसपछि भारतले आफ्नो सुखोई–३० लडाकू विमान त्यता पठाएको थियो । 

डिसेम्बर १५ मा भारतीय सेनाले अरुणाचल प्रदेशमा ठूलो अभ्यास गर्न लागेको थियो । त्यसलाई विचार गर्दै चिनियाँ सेना तवाङमा प्रवेश गर्न खोजेको हो । 

ओपन सोर्स इन्टेलिजेन्स चलाउने डेमियन साइमनले १५ र १६ डिसेम्बरमा भारतीय वायुसेनाले पूर्वोत्तर सहित अनेकौं इलाकामा व्यापक अभ्यासका लागि सूचना जारी गरिसकेको जानकारी दिएका छन् । 

चीनबाट हवाई खतरा हुन सक्ने भएकाले भारतले पूर्वोत्तरभरि सुखोई एमकेआई लडाकू विमान तैनाथ गरेको छ । त्यसका साथै पश्चिम बंगालमा भारतको घातक राफेल लडाकू विमानहरू पनि तैनाथ छन् । यी दुवैथरी लडाकू विमानमार्फत पूर्वोत्तरमा शक्तिप्रदर्शन गर्ने भारतको दाउ थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्