११ असार २०८३, बिहीबार

चीनले ताइवानतर्फ पठायो १८ वटा बमवर्षक विमान

मंसिर २७, २०७९
चीनले ताइवानतर्फ पठायो १८ वटा बमवर्षक विमान

चीनले ताइवानतर्फ विगत २४ घन्टामा १८ वटा बमवर्षक विमान पठाएको ताइवानको रक्षा मन्त्रालयले मंगलवार जानकारी दिएको छ । 

ती बमवर्षक विमानसँग आणविक हतियार समेत प्रहार गर्ने क्षमता रहेको बताइएको छ । 

चीनले त्यसबाहेक तीन थप लडाकू विमान पनि ताइवानको हवाईक्षेत्रमा पठाएको बताइएको छ । 

मंगलवार ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा यति धेरै विमान एकैपटकमा चीनले नपठाएको लामै समय भइसकेको थियो । 

विशेषगरी अमेरिकी संसद्की तत्कालीन सभामुख न्यान्सी पलोसीको उत्तेजनात्मक भ्रमणपछि चीनले आक्रामक सैन्य अभ्यास गरेपछिको यो पहिलो महत्त्वपूर्ण घटनाक्रम हो । 

एच–६ चीनको लामो दूरीसम्म आक्रमण गर्ने प्रमुख बमवर्षक विमान हो । 

ताइवानका परराष्ट्रमन्त्री जोसेफ वूले द गार्डियन पत्रिकालाई दिएको अन्तर्वार्तामा ताइवानमा घुसपैठ गर्न चीन तम्तयार रहेको बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्