२५ जेठ २०८३, सोमबार

रेशमलाई अफताब आलमसँग जोड्नु हुँदैन, निशर्त छाड्नु पर्छ : शान्ता चौधरी

मंसिर २७, २०७९
रेशमलाई अफताब आलमसँग जोड्नु हुँदैन, निशर्त छाड्नु पर्छ : शान्ता चौधरी

नेकपा एमालेकी केन्द्रीय सदस्य शान्ता चौधरीले रेशम चौधरीलाई अफताब आलमसँग जोड्न नहुने धारणा राखेकी छन् । उनले रेशम चौधरीलाई रिहा गर्न पनि माग गरेकी छन् । 

सामाजिक सञ्जालमा सन्देश लेख्दै शान्ताले रेशम चौधरीको बाहानामा सरकारले कांग्रेस नेता अफताब आलमलाई पनि सँगै छुटाउन चाहेको आरोप लगाएकी छन् । उनले रेशम चौधरीलाई निसर्त छाड्नुपर्ने भन्दै आलम र रेशमलाई सँगै जोडेर हेर्न नहुने बताएकी हुन् । 

शान्ताले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘रेशम चौधरीको बहानामा अफताब आलम पनि सँगै छुटाउन चाहन्छ देउवा सरकार ! रेशम चौधरीलाई निसर्त छोड्नु पर्छ,  रेशम चौधरीलाई अफताब आलम सँग जोडनु हुँदैन !’ 

कांग्रेस नेता आलम ‘इँटा भट्टामा जिउँदै मान्छे पोलेको’ अभियोगमा जेल जीवन बिताइरहेका छन् । रेशम चौधरी कैलालीको टिकापुर घटनाको मुख्य योजनाकार भएको अभियोगमा आजीवन काराबासको सजाय भोगिरहेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्