२५ जेठ २०८३, सोमबार

बेथानचोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

मंसिर २७, २०७९
बेथानचोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

काभ्रेको बेथानचोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा भएको उक्त दुर्घटनामा १७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनका अनुसार ३ जनाको घटनास्थलमै र अरु १४ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । 

बा ३ ख ४३८५ नम्बरको उक्त बसमा सवार अरु १० जना घाइते भएको र उनीहरुको धुलिखेलका साथै शिर मेमोरियलमा उपचार भइरहेको छ । 

बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो ।  तीव्र गतिको बस सडकमै पल्टिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्