२३ असार २०८३, मंगलबार

विभागले भन्यो, ‘चिसोबाट बच्न सतर्क रहनु होला’

विभागले भन्यो, ‘चिसोबाट बच्न सतर्क रहनु होला’

तराईका केही भूभागमा विहान बाक्लो हुस्सु र कुहिरो लाग्ने र देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रुपले घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

आगामी २४ घण्टामा तराईका केही जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्ने र पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ । विभागका अनुसार आज पुस १ गते दिउँसो प्रदेश १, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै, पुस २ गते शनिबार प्रदेश १, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने, एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । सोहीअनुसार पुस ३ गते आइतबार पनि प्रदेश १, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने, हल्का वर्षा हुनसक्ने र बाँकी ठाउँमा मौसम सफा रहनेछ ।  

salt training

कमेन्ट गर्नुहोस्