२७ जेठ २०८३, बुधबार

आजको मौसमः प्रदेश १ को पहाडी भूभागको केही स्थानमा वर्षाको सम्भावना

आजको मौसमः प्रदेश १ को पहाडी भूभागको केही स्थानमा वर्षाको सम्भावना

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार बिहान 
तराई भूभागका केही स्थानहरुमा हुसु तथा कुहिरो लाग्नुको साथै पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ ।  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ । 
 
यसैगरी दिउँसो  प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  यस्तै प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

यस्तै राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

salt training

कमेन्ट गर्नुहोस्