नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री भीमबहादुर रावलले सरकार बनाउने विषय राष्ट्रहितमा केन्द्रीत हुनुपर्ने बताएका छन् । पद र सुविधा भागबण्डाको विषय बनाइन नहुने उनको सुझाव छ ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता रावलले त्यस्तो सुझाव दिएका हुन् ।
उनले लेखेका छन्, “समानुपातिक निर्वाचन गुटबन्दी, नातावाद, कृपावादको शोख पूरा गर्दै मनपरी गर्नका लागि होइन, यस्तै हुने हो भने यसलाई खारेज गर्नुपर्छ ।”