
पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पदबाट राजीनामा दिएका छन् । पोर्चुगिज फुटबल फेडेरेसनले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै ६८ वर्षीय प्रशिक्षकले राजीनामा दिएको बताएको छ । उनी सन् २०१४ सेप्टेम्बरमा टोली सम्हाल्न आएका थिए ।
‘हामी अर्को प्रशिक्षक नियुक्ति गर्ने प्रक्रियामा छौं,’ संघले भनेको छ । सन् २०२४ युरोको लागि संघले जोसेफ माउरिन्होलाई एक नम्बरमा राखेको छ ।
यस अघि दुई खेलमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोष आलोचित भएका थिए । मोरक्कोसँग क्वार्टरफाइनलमा पराजित हुँदै कतार विश्वकपबाट बाहिरिएपछि प्रशिक्षकले राजीनामा दिएका हुन् ।