
‘दुई नम्बरी’ निर्माताको नयाँ फिल्ममा पनि दयाहाङ राईको अभिनय रहने भएको छ ।
असोजमा प्रदर्शनमा आएको ‘दुई नम्बरी’ व्यावसायिक रुपमा सफल भएसँगै निर्माता किरण नेपाली र अभिनेता राईबीच ‘हात्तीछाप’मा पुनः सहकार्य हु्ने पक्का भएको हो ।
सामाजिक कथावस्तुमा निर्माण हुन लागेको फिल्मका लागि निर्माता नेपालीले अभिनेता राईलाई अनुबन्ध गरेका हुन् ।
दयाहाङ र निर्माण पक्षबीच बिहीवार कागजी सम्झौता भएको छ । यो फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन् ।
फिल्मका लागि अन्य कलाकारहरु भने फाइनल गरिएको छैन ।
फागुनदेखि छायाँकन सुरु गर्ने तयारी रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।