
जुम ब्युटी एकेडेमीले मेकअपका विभिन्न विधामा ४ दिने सेमिनार आयोजना गर्ने भएको छ । नेपालमा पहिलो पटक स्थायी मेकअपसम्बन्धी थाइल्यान्डबाट आएका ब्युटिसियनहरूले सेमिनारमा सहभागीहरूलाई प्रशिक्षण दिने आयोजकले बताएको छ ।
सेमिनारमा थाइल्यान्डका ब्युटिसियन टिडा विवट्टाडा र निरिन फन्यालिन उपस्थित हुने तय भएको जानकारी आयोजकले दिएको छ ।
आयोजकका अनुसार ‘हलिउड सिमर आइग्लो’, ‘आइस लीप’, ‘स्क्ल्याप माइक्रो पिगमेनसन’लगायतका तालिमहरू दिन लागिएको हो । तालिम पुस ४ गतेदेखि ७ गतेसम्म चल्ने छ भने १० गते आइतवार समापन हुने आयोजकले बताएको छ ।