×

NMB BANK
NIC ASIA

मधेशको राजनीति

मधेश सरकार गठनमा अप्ठ्यारो : गठबन्धनको बहुमत नपुग्दा मुख्यमन्त्रीमै चार दलको दाबी

पुस १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

संघ र प्रदेश सबैतिर कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि सत्ता समीकरणका लागि जोडघटाउ चलिरहेका छन् ।

Muktinath Bank

संघ तथा अधिकांश प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले नै ठूला दल बने पनि यी दुई दल मिलेको अवस्थामा बाहेक अन्य २ दलको सरकार बन्न समेत बहुमत पुग्न मुस्किल देखिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो अवस्थामा प्रदेश सरकारको नेतृत्वमा विभिन्न दलहरूले दाबी गरिरहेका छन् । मधेश प्रदेशमा चारवटा पार्टीले सरकारको नेतृत्व दाबी गरेका छन् । नेपाली कांग्रेस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको दाबी गरिरहेका हुन् ।


Advertisment
Nabil box
Kumari

मधेश प्रदेशमा प्रत्यक्षतर्फ १५ र समानुपातिकतर्फ ८ सहित कुल २३ सीट ल्याएर नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ।

Vianet communication
Laxmi Bank

त्यसपछि नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १३ र समानुपातिकतर्फ ९ गरी कुल २२ सीट जितेर दोस्रो दलको हैसियत प्राप्त गरेको छ ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने सम्भावना कम देखिएकाले अन्य विकल्पमा जाँदा दुईभन्दा बढी दल समेट्नुपर्ने बाध्यता छ ।

मधेशमा एमाले र कांग्रेसपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रत्यक्षमा ९ तथा  समानुपातिकमा ७ गरी कुल १६ सीट जितेको छ । त्यसपछि जनमत पार्टीले प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सीट, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले प्रत्यक्षमा ७ र समानुपातिकमा २ सहित कुल ९ सीट जितेको छ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा पनि ४ सहित ८ सीट, नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ सहित कुल ७ सीट जितेको छ ।

त्यहाँ प्रत्यक्षमा ६ जना स्वतन्त्र सांसद छन् । त्यसैगरी समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले क्रमशः १/१ सीट जितेका छन्।

मधेश प्रदेशमा सांसदको कुल संख्या १०७ छ । सरकार बनाउनका लागि ५४ मत आवश्यकता पर्छ । अहिलेको सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपा र नेकपा एस जोड्दा कुल ४६ मत पुग्छ । जनमत पार्टी वा जनता समाजवादी पार्टीमध्ये कुनै एक दल आबद्ध हुँदा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन बहुमतमा पुग्ने देखिन्छ ।

जनमत पार्टीको १३ जोड्दा सत्ता गठबन्धनसँग ५९ मत हुन्छ, जुन बहुमतका लागि चाहिने ५४ मतभन्दा ५ मत बढी हो ।

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग काठमाडौंमा भेटेर सत्ता गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बताइसकेका छन् ।

जनमत पार्टीले संघमा आकर्षक मन्त्रालयका साथै मधेश प्रदेशमा मुख्यमन्त्री दाबी गरिरहेको छ ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले मधेश प्रदेशमा अहिलेको सत्ता गठबन्धनमा दोस्रो ठूलो दल जनमत भएको आधारमा पनि मुख्यमन्त्रीको दाबी स्वाभाविक रहेको बताए ।

'संघ र प्रदेशमा पनि सत्ता सहकार्य गर्ने विषयमा सत्ता गठबन्धनसँग कुराकानी भए पनि कहाँ कसलाई के पद दिने भन्ने विषयमा अहिले कुनै छलफल भएको छैन,' सिंहले लोकान्तरसँग भने, 'सांसदहरूको  शपथ भइसकेपछि त्यस विषयमा छलफल हुनसक्छ ।'

तर, संघीय सत्ता गठबन्धनमा जसपा, नागरिक उन्मुक्ति पार्टी समेतलाई सहभागिता गराउने विषयमा समेत छलफल चलिरहेको छ।

लोसपाका वरिष्ठ नेता शरत सिंह भण्डारी सत्ता गठबन्धनमा जसपाभन्दा पनि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई सहभागी गराउने विषयमा छलफल भइरहेको बताउँछन् ।

लोसपाले संघमा राष्ट्रपतिका लागि दाबी गरिरहेको छ ।

'हामीले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउनुपर्छ भनेर गठबन्धनका नेताहरूसँग प्रस्ताव गरेका छौं । त्यसमा गठबन्धनका नेताहरू पनि सकारात्मक देखिनुभएको छ,' भण्डारीले लोकान्तरसँग भने, 'ठाकुरजी सिम्बोल अफ न्युट्रालिटी पनि हो। सबैका लागि अनुकूल, सर्वमान्य, सर्वस्वीकृत व्यक्ति हुनुका साथै राष्ट्रपति पदको गरिमाका लागि अनुकूल व्यक्ति भएकाले दाबी गरेका हौं ।'

लोसपा सत्ता गठबन्धनमै भएकाले सत्तामा जाने विषयमा अब लोसपाले निर्णय गरिरहन आवश्यक नरहेको उनले बताए ।

'संघदेखि प्रदेश समेतमा पावर शेयरिङका लागि पार्टीले लोसपा अध्यक्ष ठाकुरजीलाई म्यान्डेट दिइसकेको छ,' भण्डारीले थपे, 'ठाकुरजीले पावर शेयरिङको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाजीसँग भेटेर छलफल पनि गरिरहनुभएको छ।'

त्यसो त संघमा पाँचदलीय सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन २ मतको मात्र आवश्यकता छ । त्यसकारण जनमत पार्टीलाई मात्रै समावेश गराउँदा पनि बहुमत पुग्छ ।

यद्यपि सत्ता गठबन्धनका नेताहरूले जसपा र नागरिक उन्मुक्ति पार्टीसँग पनि छलफल गरिरहेका छन् ।

गठबन्धनका घटक दलहरूको नेतृत्वमा अन्य प्रदेशमा सरकार बन्ने भएकाले मधेशमा स्वाभाविक रूपमा लोसपाको नेतृत्वमा सरकार बन्नु पर्ने आफूहरूको दाबी रहने भण्डारीले खुलाए।

'सात प्रदेशमध्ये ६ वटा प्रदेशमा अन्य घटक दलहरूले सरकारको नेतृत्व गर्नुहुन्छ । मधेश प्रदेशमा हामीले सरकारको नेतृत्व पाउनुपर्छ,' उनले थपे, 'सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्दा हामीले प्रतिनिधिसभामा मधेश प्रदेशको ३२ सीट मध्ये ६ सीट मात्र पाएका थियौं भने प्रदेशसभामा ६४ सीटमध्ये १५ सीट मात्र पाएका थियौं ।'

जसपाका प्रवक्ता मनिष सुमन पनि कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूले जसपा अध्यक्ष उपेन्द्र यादवसँग अनौपचारिक कुराकानी गरिरहेको बताउँछन् ।

'जसपालाई प्रतिपक्षमा बस्ने मतादेश आएको हो। यद्यपि जसपाविना सरकार निर्माण नहुने अवस्था आए सरकारमा पनि जान सकिन्छ,' मधेश प्रदेशसभा सदस्य समेत रहेका सुमनले लोकान्तरसँग भने, 'तर, त्यसका लागि संविधान संशोधन र निर्वाचन प्रणाली तथा नागरिकताका मुद्दाप्रति समर्थन जनाउनु पर्छ।'

प्रतिपक्षी दल नेकपा एमाले र सत्ता गठबन्धन दुवैबाट सत्ता  सहकार्य गर्नका लागि प्रस्ताव आएको भए पनि पावर शेयरिङका विषयमा ठोस धारणा भने कतैबाट नआएको उनले खुलाए।

मधेश प्रदेशमा निर्वाचित भएका धनुषाका कांग्रेस सांसद रामसरोज यादव भने सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गर्छन् ।

'सत्ता गठबन्धनमा जनमत पार्टी वा जनता समाजवादी पार्टीमध्ये कुनै एक मात्र आए पनि बहुमत पुग्छ,' यादवले लोकान्तरसँग भने, 'कुनै एक दललाई मात्र वा दुवै दललाई आबद्ध गराउने भन्ने कुराको निर्णय संघमा नहुँदासम्म तस्वीर प्रस्ट हुन गाह्रो छ ।'

जनमत, जसपा वा लोसपाले मुख्यमन्त्रीमा दाबी गरे पनि मधेश प्रदेशमा सरकारको नेतृत्व भने कांग्रेसले नै गर्ने उनले बताए।

'मुख्यमन्त्रीमा दाबी गरेर राम्रो आकर्षक मन्त्री पाउने चाहना हुनसक्छ,' यादवले लोकान्तरसँग थपे, 'सभामुख, उपसभामुख, मन्त्रीदेखि संसदीय समितिको सभापति तथा प्रदेश प्रमुखसम्मको पद बाँडफाँटमा सबैलाई एडजस्ट गर्न सकिन्छ।'

सरकारमा दलको संख्या बढ्ने हुँदा मन्त्रालय फुटाएर संख्या बढाइने उनले बताए । अहिले मधेश प्रदेशमा कुल १० वटा मन्त्रालय छ ।

'सत्ता गठबन्धनमा घटक दलको संख्या बढे १२ देखि १४ वटासम्म मन्त्रालय बनाएर सीट एड्जस्टमेन्ट गर्न सकिन्छ,' उनले थपे, 'प्रदेशसभामा रहेको कुल सदस्यको २० प्रतिशतसम्म मन्त्रिपरिषद् बनाउन सकिने संविधानमा नै प्रावधान रहेकाले गाह्रो हुँदैन ।'

सभामुखसहित अन्य पदहरूका कारण पनि भागबण्डा मिल्न सक्ने उनको भनाइ छ । कांग्रेसका मधेश प्रदेश अध्यक्ष तथा मधेश प्रदेशसभामा निर्वाचित भएका कृष्ण यादव पनि संघको सत्ता गठबन्धनको स्वरूपअनुसार नै मधेश प्रदेशमा गठबन्धन बन्ने बताउँछन्। तर, अहिले नै त्यस विषयमा कुनै पनि निर्णय नभएको उनले बताए ।

'अहिले त्यसविषयमा कुनै कुराकानी भएको छैन । प्रदेशसभाको अधिवेशन आह्वान भएर सांसदहरूको शपथ ग्रहण भएपछि मात्र धेरै कुरा क्लियर हुन्छ । कसको नेतृत्व भन्ने कुरा संसदीय दलको नेता चुनेपछि टुंगो लाग्छ ।'

हाल मधेशमा जसपा नेतृत्वको सरकार छ । ५ वर्षदेखि जसपाका लालबाबु राउत मुख्यमन्त्री छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x