×

NMB BANK
NIC ASIA

सुरक्षा सेवा

राष्ट्रसेवाको छुट्टाछुट्टै डुंगामा सवार तेज र शैलेश्वरीको प्रहरी जोडी

पुस २, २०७९

NTC
Premier Steels

तेजबहादुर जोरा र शैलेश्वरी बोहोराबीच धेरै कुरा मिल्दा छन् । तेज पश्चिम नेपालको पहाडी जिल्ला डोटीमा हुर्किए भने शैलेश्वरी तराईको कैलालीमा ।

Muktinath Bank

सानैदेखि राष्ट्रसेवक बन्ने हुटहुटी भएका दुवै जना पढाइमा प्रतिभाशाली थिए । अध्ययनरत रहेकै बेला दुवै जनाले प्रहरी निरीक्षक (इन्पेक्टर) मा भर्ना खुलेको खबर पाए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फाराम भरेर अध्ययनमा जुटे । २०६७ सालमा शसस्त्र प्रहरीको प्रहरी निरीक्षक (इन्पेक्टर) मा खुला प्रतिस्पर्धाबाट तेजले नाम निकाले भने शैलेश्वरीले पनि २०७० सालमा खुला प्रतिस्पर्धाबाटै नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्पेक्टर) मा नाम निकालिन् ।


Advertisment
Nabil box
Kumari

शैलेश्वरी अध्ययनका सिलसिलामा काठमाडौंमा थिइन् । दुवै जना पहिलो प्रयासमै खुला प्रतिस्पर्धाबाट राष्ट्रसेवामा आएका हुन् ।

Vianet communication

डोटीको शिखर नगरपालिका–३ का तेज र कैलालीको लम्कीचुहा नगरपालिका–८ की शैलेश्वरी २०७२ मंसिरमा दाम्पत्य जीवनमा गाँसिए । उनीहरूको मागी विवाह भएको हो । तेज सशस्त्र प्रहरी बल चन्द्रौटा कपिलवस्तुमा कार्यरत छन् भने शैलेश्वरी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको महिला बालबालिका शाखा हाँकिरहेकी छन् । कर्मले जोडिएका जोरा दम्पती परिपक्क छन् ।

‘हामी दुवै कर्मयोगी र इमान्दार भएकाले हाम्रो सम्बन्ध प्रगाढ छ,’ तेजले भने । कपिलवस्तुमा कार्यरत इन्सपेक्टरको जोडी अहिले अब्बल रूपमा काम गर्नेमा दरिएको छ । दुवै जना आमनिर्वाचन २०७९ मा कपिलवस्तुमा खटिए । राष्ट्रसेवामा जीवन बिताइरहेको यो जोडी अहिले प्रहरीको नयाँ पुस्तामा अब्बल राष्ट्रसेवकको रूपमा चिनिएको छ । 

तेजले विज्ञान संकायबाट स्नातक तथा समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् भने शैलेश्वरीले अंग्रेजीबाट स्नातकोत्तर र कानून संकायबाट स्नातक पूरा गरेकी छन् । ‘मास्टर्स गर्न भनेर काठमाडौं गएकी थिएँ । साथीहरूले इन्सपेक्टरमा भर्ना खुलेको छ, एप्लाई गरौं भनेपछि भरियो । पहिलो पटकमै खुला प्रतिस्पर्धामा नाम निस्किहाल्यो,’ शैलेश्वरीले भनिन् । ‘हाम्रो प्रेम विवाह होइन । संयोगवश मागी विवाहमा पनि एउटै सेवामा खटिएकाबीच संयोग जुर्‍यो,’ तेज भन्छन्, ‘जागिरको सिलसिलामा कहिले कहाँ त कहिले कहाँ पुग्नुपर्छ तर हाम्रो एकअर्कामा भएको विश्वासले सम्बन्धलाई बलियो बनाएको छ । हामीलाई थाहा छ, सम्बन्ध बलियो बनाउने पहिलो आधार विश्वास हो ।’
 
उनीहरूबाट अहिले साढे २ वर्षकी छोरी छन् । ‘८ वर्षे सहयात्रामा आज पनि नयाँ नवविवाहित जोडी जस्तो छ तेज र शैलेश्वरी दम्पती । सम्बन्ध यसरी अगाडि बढ्नुको कारण हो एकअर्कामा भएको विश्वास, माया र आपसी सम्झदारी,’ तेज भन्छन् ।

सेवा प्रवेशपछि तेजको पहिलो पोस्टिङ शैलेश्वर गण कैलालीमा भयो । १२ वर्षे प्रहरी सेवाबीच उनी सशस्त्र प्रहरी तालिम केन्द्र पोखरा, तालिम महाविद्यालय पोखरा, रूपन्देही, मनाङ, विपद् व्यवस्थापन प्रदेश स्तरीय टीम कमाण्ड गण्डकी प्रदेश पोखरा हुँदै अहिले चन्द्रौटा आइपुगेका छन् । 

शैलेश्वरी सेवा प्रवेशपछि डोटीको दिपायल, कैलाली, प्रहरी तालिम केन्द्र बुटवल, ईलाका प्रहरी कार्यालय छपिया, संघीय प्रहरी कार्यालय रुपन्देही हुँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आइपुगेकी छन् । यसबीच उनीहरूले अहिले बल्ल एउटै जिल्लामा सेवा गर्न पाएका छन् ।

दुवै जना प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा हुने लाइनमा छन् । तेजका लागि शैलेश्वरी माली जस्तै हुन् । तेज भन्छन्, ‘उहाँ (शैलेश्वरी) प्रतिभाशाली हुनुहुन्छ । उहाँको प्रतिभा र क्षमतालाई सधैं मलजल गर्नुपर्छ । मैले जस्तो सहयोग अरुले गर्न सक्दैन भन्ने लाग्छ ।’ 

त्यसो त शैलेश्वरी पनि पति तेजलाई प्रवर्द्धन गर्न पछि परेकी छैनन् । राष्ट्रसेवामै रमिरहेका तेज र शैलेश्वरी दुवै जनाले एकअर्कोलाई प्रेरित गरिरहन्छन् । 

एउटै सेवामा रहँदा दुवै जनाले छोरी र परिवारलाई समय दिन सकेका छैनन् । ‘हाम्रो काम भनेको २४सै घण्टाको हुने,’ तेज भन्छन्, ‘बिदा पनि एउटा हुँदा अर्कोको नमिल्ने । घरपरिवार र छोरीलाई समय दिन अलि समस्या भएको छ । हामी राष्ट्रसेवाको डुंगामा निरन्तर सवार छौं ।’

अनुसन्धानमा अनुभवी दुवै जनाले जटिल प्रकृतिका अनुसन्धान पनि गरेका छन् । सरूवा हुँदा पनि एउटै जिल्लामा भए परिवार सम्हाल्न सहज भएको शैलेश्वरी बताउँछिन् । ३ सुरक्षा निकायमध्ये समुदायसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरी रहेको शैलेश्वरीको बुझाइ छ । 

छोरीलाई कार्यालयका अन्य कर्मचारीलाई हेर्न लगाएर ड्युटीमा खटिनुपर्ने बाध्यता शैलेश्वरीको छ । ‘सबै पेशामा राम्रो र नराम्रो पक्ष हुन्छ,’ शैलेश्वरी भन्छिन्, ‘तर हामी राम्रो पक्षलाई लिएर अघि बढेका छौं ।’

उनले प्रहरी घेराभित्रै छोरीलाई हुर्काइन् । शैलेश्वरी भन्छिन्, ‘प्रहरीले सिक्नुपर्ने ‘बेसिक’ कुराहरू नानीले अहिले नै सिकिसकेकी छन् ।’ 

उनले भनिन्, ‘कहिलेकाहीँ त चौबिसै घण्टा काममा खटिइरहनुपर्छ । खाना खाने, छोरीलाई हेर्ने समय समेत हुँदैन । त्यस्तो बेला छोरीलाई समय दिन नपाएको खिन्नतामा महसूस हुन्छ ।’ एउटै संगठन भए प्रहरी दम्पतीको सरूवा हुँदा पनि एउटै कार्यालयमा पार्ने प्रहरीको माथिल्लो निकायको नीति छ तर उनीहरूको संगठन फरक हुँदा त्यो सम्भव देखिएको छैन ।

कपिलवस्तु आएपछि शैलेश्वरीले लैंगिक र घरेलु हिंसाका घटना नियन्त्रण र अनुसन्धानमा आफूलाई केन्द्रित गरिरहेकी छन् । 

‘महिला हिंसाविरुद्ध प्रभावकारी कार्यक्रम गर्ने योजना छ तर जिल्लामा सबै काम पनि हेर्नुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘त्यति मात्र होइन, समुदायस्तरमा सानोतिनो कुरामा पनि झैझगडा र कुटपिटमै उत्रिने घटनाले पनि प्रहरी हर क्षण समुदायमा हुनुपर्नेछ । यसमाथि आमनिर्वाचन लगायत नयाँ–नयाँ काम र चुनौतीलाई सिकाइको रूपमा लिँदै काम गरिरहेकी छु ।’ पतिपत्नी दुवै जनाले सँगै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरक्षा कमाण्ड सम्हालेका थिए ।

महिलाहरू प्रहरी कार्यालयमा आएर आफू पीडामा परेकोबारे सहज तरिकाले खुल्न नचाहने गरेको शैलेश्वरीले देखेकी छन् । जिल्लामा घरेलु हिंसामा घटनाहरू धेरै रहेका उनले बताइन् । खुला सीमानाका कारण मानव बेचबिखनका घटना पनि धेरै नै आइरहेका हुन्छन् । ती सबै समस्यालाई उनले कानूनी ढंगले सहज समाधानतर्फ लैजाने गर्छिन् ।

आपसी समझदारी र एकअर्काको भावना बुझ्दै कदर गर्न सकियो भने जीवन सुमधुर बन्छ भन्नै दुवैको बुझाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x