०४ साउन २०८३, सोमबार

व्यावसायिक सोच भए लगानीको समस्या छैनः वरिष्ठ उपाध्यक्ष ढकाल

व्यावसायिक सोच भए लगानीको समस्या छैनः वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक सोच (आइडिया) भए लगानीको समस्या नरहेको बताएका छन् । 

शनिवार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसाय गर्ने आइडिया भए लगानीका लागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने बताए । 

‘यदि तपाईंसँग आइडिया छ, तपाईं आमजनताको लागि काम गर्नुहुन्छ र इमानदारीसाथ काम गर्नुहुन्छ भने तपाईंलाई लगानीको समस्या हुँदैन । बैंक तथा वित्तीय सस्थाहरू र लगानीकर्ताहरू तपाईंलाई लगानी गर्न तयार हुन्छन् । अहिले भलै बैकमा तरलताको समस्या देखिएको छ । तर मलाई लाग्छ यो समस्या लामो रहँदैन । विस्तारै सहज हुँदै जान्छ’, ढकालले भने । 

मूल्य वृद्धि र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावका कारण मुलुकको अर्थतन्त्रमा परेको समस्याले व्यवसाय र व्यवसायीहरू मारमा परेको उनले बताए । अहिले निजी क्षेत्रले उठाएको एजेण्डाहरू निजी क्षेत्रको मात्र नभई समग्र अर्थतन्त्रको सुधारको लागि रहेको बताउँदै उनले निजीक्षेत्रका एजेण्डा भन्दै बेवास्ता गर्दै जाने हो भने यसको परिणाम सबै नेपालीले भोग्नुपर्ने बताए । 

उनले सरकारी संयन्त्रबीच एकआपसमा समन्वयको कमी रहेको यसको मार निजीक्षेत्रले खेप्नुपरेको बताए । 

रेमिट्यान्स, बैंकिङ तथा पर्यटन क्षेत्रको आफ्नो व्यवसायिक सफलताको उदाहरण दिँदै ढकालले राज्यको प्राथमिकता र आम जनताको सेवासँग जोडिएको कुनै पनि व्यवसाय सजिलै सफल हुने बताए । 

salt training

कमेन्ट गर्नुहोस्