२७ जेठ २०८३, बुधबार

न्यायलयभित्रबाट राष्ट्रपति बनाउने भारतीय षडयन्त्र भइरहेको बिजुक्छेको दाबी

न्यायलयभित्रबाट राष्ट्रपति बनाउने भारतीय षडयन्त्र भइरहेको बिजुक्छेको दाबी

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालय भित्रैबाट राष्ट्रपति बनाउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । अध्यक्ष बिजुक्छेले भारतले राष्ट्रपति पनि न्यायालयभित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहनसमेत आह्वान गरे । 

भक्तपुर नगरपालिकाको ७३औँ स्थापना दिवसको अवसर पारेर शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतको छायाँमा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिहरूले संघर्ष गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री बनाउने र निर्वाचनमा जिताउने कामसमेत हालसम्म भारतकै निर्णयअनुसार हुने गरेको जिकीरसमेत गरे । रासायनिक मल कारखाना देशभित्रै खोल्न आफ्नो पार्टीले पटक–पटक दबाब दिए पनि मन्त्रीहरुले भारतसँग थर्कमान भएर सो कार्यलाई अघि बढाउन नसकेको उनको दाबी छ । 

‘अहिले हामी सुन्छौं–न्याय प्रशासनलाई राजनीतिबाट अलग राख्नुपर्ने तर न्याय प्रशासनका एक जनालाई जसरी प्रधानमन्त्री बनाइयो, अहिले राष्ट्रपति बनाउने कुरा चलिराखेको छ । यो हेर्दाखेरी सरल छ । तर, यो धेरै जटिल विषय हो । त्यसकारण कार्यपालिका र विधायन पालिका समेतमा इन्डियाको छायाँ छ । यहाँ अन्तर्राष्ट्रिय छाँया परेको हुनाले देशलाई अझ संकटमा पु¥याउने सम्भावना भएको हुनाले संघर्षको निम्ति सधैं तयार म उपस्थिति साथीहरुलाई भन्न चाहन्छु’, बिजुक्छेले भने । 

salt training

कमेन्ट गर्नुहोस्