
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच शनिबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा नयाँ सरकार गठनका साथै समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।
नयाँ सरकार गठनको रस्साकस्सीका बीच गठबन्धनबाट माओवादी केन्द्रले प्रधानमन्त्रीको दावी गरेपछि राजनीतिक दौडधुप बाक्लिएको छ।