
कांग्रेस नेता विजय कुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । शनिबार चौधरीलाई भेट्न गच्छदार डिल्लीबजार कारागारमा पुगेका थिए ।
उनीहरूबीच करिब एक घन्टा छलफल भएको बताइएको छ । भेटपछि गच्छदारले राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गरेर पीडित थारूहरूको रिहाइ गर्नुपर्ने प्रतिक्रिया दिए ।