०८ साउन २०८३, शुक्रबार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, सरकार नेतृत्वबारे छलफल हुने

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, सरकार नेतृत्वबारे छलफल हुने

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । संसदीय दलको नेता चयन तथा सरकारको नेतृत्व र नयाँ सरकार गठनको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको महासचिव देव गुरुङले बताए ।

माओवादी केन्द्रले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको पहल गरिरहेको छ । त्यसकालागि अध्यक्ष पुष्पकमल दाहाल स्वयम् राजनीतिक भेटघाट र छलफलमा व्यस्त देखिएका छन् । माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष दाहाललाई सर्वसम्मत रुपमा चयन गर्ने तयारी गरेको गुरुङले जानकारी दिए ।   

नेपाली कांग्रेसले ठूलो दलको हैसियतमा आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको प्रयास गरिरहेका बेला माओवादी केन्द्रको पदाधिकारी बैठकले गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ । बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने महासचिव गुरुङले बताए ।

निर्वाचन आयोगले निर्वाचन परिणामसहितको सबै प्रतिवेदन बुझाइसकेपछि अब सरकार गठनको राष्ट्रपतिबाट आव्हान हुनसक्ने भन्दै दलका नेताहरुले आन्तरिक तयारीलाई तिव्र बनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्