३० जेठ २०८३, शनिबार

भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु
प्रतिकात्मक तस्वीर

बाँकेको कोहलपुरमा शनिवार राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए ।

उनका अनुसार भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिएर भागेको भ्यानलाई शनिवार राति नै प्रहरीले नियन्त्रणमा लिएको छ ।

ठक्कर दिने भ्यान नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

salt training

कमेन्ट गर्नुहोस्