
बर्दिया लगायत पश्चिम तराईका जिल्लामा शीतलहर भएको छ ।
बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ ।
शीतलहरसँगै जाडोका कारण जनजीवन प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको संक्रमण बढेको छ ।
चिसो बढेपछि स्थानीय वासिन्दाले बिहानपख ठाउँठाउँमा आगो ताप्न शुरू गरेका छन् । दिउँसो अलिअलि घाम लागे पनि बिहान–बेलुका भने चिसोले काम गर्न समेत समस्या पारेको बर्दिया मधुवनका यामप्रसाद शर्माले बताए ।
शीतलहरका कारण तरकारी बालीसमेत प्रभावित भएको छ । शीतलहरले आलु, गोलभेंडा र अन्य सागपातमा समेत असर पुर्याएको मधुवन नगरपालिका–८ का कृषक टोपबहादुर भाटले बताए ।