२७ असार २०८३, शनिबार

५१ औं दिन मनाएको उपलक्ष्यमा ‘महापुरुष’ टिमले काट्यो केक, साट्यो खुशीयाली

५१ औं दिन मनाएको उपलक्ष्यमा ‘महापुरुष’ टिमले काट्यो केक, साट्यो खुशीयाली

हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले प्रदर्शनको ५१ औं दिन मनाएको उपलक्ष्यमा निर्माण टिमले केक काटेर सेलिब्रेशन गरेको छ ।

प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्मले शनिबार राजधानीसहित मोफसलका केही हलमा प्रदर्शनको गौरवमय ५१ औं दिन मनाएको हो । 

उक्त उपलक्ष्यमा निर्माण टिमले शनिबार राजधानीमा एक कार्यक्रमकाबीच केक काटेर ५१ औं दिनको सेलिब्रेशन गरेको छ ।

कार्यक्रममा फिल्मको निर्माण टिमसँगै सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

कात्तिकको ११ गतेदेखि प्रदर्शनमा आएको फिल्ममा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, राजाराम पौडेल लगायतको अभिनय छ । 

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्माता म्याक्स दिपेश खत्री हुन् ।

अहिलेको डिजिटल समयमा पनि फिल्मले ५१ औं दिन मनाउँदा निर्माण टिम खुशी देखिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्