१७ असार २०८३, बुधबार

चारमहिने छोरी काखमा बोकेर सांसदको प्रमाणपत्र लिन पुगिन् बिना

चारमहिने छोरी काखमा बोकेर सांसदको प्रमाणपत्र लिन पुगिन् बिना

एक सांसद चार महिनाको छोरी काखमा च्यापेर आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र लिन आएकी छन् । निर्वाचन आयोगले आइतवार समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरणको कार्यक्रम तय गरेको थियो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद बिना जैसवाल चार महिनाको छोरी काखमा बोकेर वीरन्जबाट सांसद पदमा निर्वाचित भएको प्रमाण पत्र लिन आएकी हुन् । उनले निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा पुगेर प्रमाणपत्र लिएकी छन् । राप्रपाले उनलाई महिला क्लष्टरबाट समानुपातिक सांसद बनाएको थियो । 

उनले सांसदको प्रमाणपत्र लिन १० दिनअघि काठमाडौं आएको बताइन् । उनले सानो बच्चासँग काठमाडौं आएर विभिन्न कार्यक्रममा सहभागी भइरहँदा गार्‍हो भइरहेको बताइन् । उनले गार्‍हो भए पनि देशको लागि, समाजको लागि काम गर्न पाउँदा उत्साहित रहेको बताइन् । ‘गार्‍हो भए पनि आफ्नो छोरीजस्तै धेरैको भविश्य उज्जवल बनाउन योगदान गर्न पाउँदा खुसी लागेको छ’ उनले भनिन् । 

सांसद बिनाले यसअघि आफू राजनीतिमा नरहेको बताइन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट मात्र आफू राजनीतिमा प्रवेश गरेको उनले बताइन् । उनी यसअघि स्थानीय तहको निर्वाचनमा समेत उम्मेदवार बनेकी थिइन् । त्यसबेला पराजित भएकी उनलाई पार्टीले समानुपातिक सांसद बनाएको हो । 

salt training

कमेन्ट गर्नुहोस्