२९ जेठ २०८३, शुक्रबार

कांग्रेस संसदीय दलको चुनाव ६ गते बुधवार

कांग्रेस संसदीय दलको चुनाव ६ गते बुधवार

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि पौष ६ गते चुनाव गर्ने तयारी गरेको छ । पुस ६ गते संसदीय दलको निर्वाचन गर्ने तयारी रहेको कांग्रेस स्रोतले बतायो । प्रधानमन्त्रीका लागि नाम सिफारिस गर्नुपर्ने भएकोले ६ गतेका लागि चुनावको मिति गर्नेगरी तयारी भएको कांग्रेस स्रोतले बतायो । 

कांग्रेस कार्यसम्पादन समितिको आइतवार बसेको बैठकले संसदीय दलको चुनावका लागि सहमहामन्त्री भीष्मराज आङदम्बेको संयोजकत्वका तीन सदस्सीय समिति गठन गरेको थियो । समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य छन् । समितिले आज–भोलिमै चुनावी तालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

संसदीय दलको नेताका लागि संस्थापन पक्षले पार्टी सभापति शेरबहादुर देउवालो अगाडि बढाउने तयारी गरेको छ । संस्थापन इतर समूहबाट भने डा. शेखर कोइराला र महामन्त्री गगन थापा आकांक्षी छन् । 
गगनले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने कोइरालाले अहिलेसम्म औपचारिक घोषणा गरेका छैनन् । 

राष्ट्रपति विद्या भण्डारीले पुस १० गते साँझ ५ बजेसम्म प्रधामनन्त्री नियुक्तिका लागि आह्वान गरेपछि दलहरूले संसदीय दलको नेता चयन प्रक्रिया शुरु गर्न लागेका हुन् । ७ दिनको समय दिएर राष्ट्रपतिले आइतवार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्