०१ असार २०८३, सोमबार

तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष लामासहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष लामासहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलाम सिं लामासहित ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । गाउँपालिका अध्यक्ष र व्यवसायीसमेतको मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्कामा कबोल अंक र सम्झौता अंक फरक पारी राजस्व चुहावट गरे गराएको कसूरमा ७ जना विरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

सोही गाउँपालिकामा कार्यरत रहेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने, ए एण्ड डि.बि. कन्स्ट्रक्सन प्रालिका सञ्चालक अनिश बल र आधिकारिक प्रतिनिधि बिजकुमार दोङ, दुवाकोट कन्स्ट्रक्सन प्रालि, भक्तपुरका सञ्चालक रामचन्द्र प्रसाद प्रधानाङ्ग, शालीनदी कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक वेदनारायण दंगाल, शालीनदी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि र दुवाकोट कन्स्ट्रक्सन प्रालिका आधिकारिक प्रतिनिधि सत्यमान लामालाई प्रतिवादी बनाइएको छ ।

नदीजन्य पदार्थ उत्खनन् संकलन गर्ने भनी कबोल अंकभन्दा घटी सम्झौता रकम कायम गरी ठेक्का सम्झौता गरेको, सम्झौताविपरीत सम्पूर्ण बगर क्षेत्रबाट उत्खनन् संकलन गर्ने गरी फर्महरूलाई इजाजतपत्र दिएको अभियोग लागेको हो । 

स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (आईईई ) प्रतिवेदनमा मंसिर, पुस र माघ महिनामा मात्र जिल्ला समन्वय समितिको सिफारिसमा प्राविधिक उपसमितिको निगरानी एवं रेखदेखमा स्काभेटर मेसिन प्रयोग गरी उत्खनन् गर्न सकिने व्यवस्था भएकोमा आफूहरुलाई नभएको अधिकारसमेत प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन्÷संकलन गर्नको लागि स्काभेटर मेसिन समेत प्रयोग गर्न स्वीकृति दिएको खुलेको हो । 

अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध ५ करोड १४ लाख रुपैयाँ कबोल अंक घटाएर सम्झौता रकम कायम गरी २ करोड ५७ लाख २ हजार १९८ रुपैयाँ घटी राजस्व संकलन गर्ने गरी कार्य गरेको भन्दै मुद्दा दर्ता गरिएको छ । त्यसैगरी अन्य सप्लायर्स र निर्माण कम्पनीहरूविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्