441 shares
पेनाल्टीमार्फत अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रता लिएको छ। खेलको २३ औं मिनेटमा कप्तान लियोनेल मेसीले अर्जेन्टिनाका लागि गोल गरेका हुन् । डी बक्सभित्र फ्रान्सका खेलाडीले डी मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको हो ।