
अर्जेन्टिनी स्टार लियोनेल मेस्सी विश्वकपको सबै राउण्डमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । फ्रान्सविरुद्धको फाइनलमा गोल गरेसँगै मेस्सीले यस्तो रेकर्ड बनाएका हुन् । उनले ग्रुप स्टेज, राउण्ड अफ १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनल सबै राउण्डमा गोल गरेका हुन् । यो विश्वकपमा मेस्सीले सर्वाधिक ६ गोल गरेका छन् ।