०२ साउन २०८३, शनिबार

नेकपा (एस) को संसदीय दलको बैठक आज, नेपाल संसदीय दलको नेता चुनिने

नेकपा (एस) को संसदीय दलको बैठक आज, नेपाल संसदीय दलको नेता चुनिने

नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक आज सोमबार बस्दैछ । पार्टी मुख्यालयमा दिउँसो १ बजे बैठक बस्न लागेको सो दलका महासचिव डा. वेदुराम भुषालले जानकारी दिए । 

सो दलको आइतबार सचिवालय बैठक बसेको थियो । सोही बैठकले संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो । दलको बैठकले संंसदीय दलको नेता चयन गर्ने र आगामी सरकार गठनमा दलको तर्फबाट खेलिने भूमिका बारेमा निर्णय लिने सो दलले जनाएको छ ।

संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन हुने करिब पक्का रहेको बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने महासचिव भुषालले बताए । नेकपा (एस) राष्ट्रिय दल बन्न नसके पनि प्रत्यक्ष निर्वाचित १० सांसद यो दलसँग रहेका छन् । राष्टपति विद्यादेवी भण्डारीले सात दिनको समय दिएर आइतबार सरकार गठनको आव्हान गरेपछि सबै दलको बैठक नियमित बस्न थालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्