भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकप जितेकोमा अर्जेन्टिनालाई बधाई दिएका छन् । आइतबार राति भएको फिफा वल्र्ड कप २०२२ को फाइनल खेललाई विश्व कपको सबैभन्दा रोमाञ्चक खेलको रुपमा स्मरण गरिने उनले बताएका छन् ।
अर्जेन्टिना खेलका मुख्य खेलाडी मेसीको प्रदर्शन र जितले करोडौं भारतीयहरु खुशी भएको बताउँदै प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्, “यो खेललाई सबैभन्दा रोमाञ्चक फुटबल खेलको रुपमा स्मरण गरिनेछ ।”
अर्जेन्टिनाको शानदार खेल प्रदर्शनका लागि उनले बधाई दिंदै फाइनल खेल हेरेर विश्वभरका खेल प्रेमीहरु खुशी भएको उनले बताएका छन् ।