२७ असार २०८३, शनिबार

भट्टराईले भने, ‘युद्ध, राजनीति र खेल रोमान्चका क्षेत्र हुन्’

भट्टराईले भने, ‘युद्ध, राजनीति र खेल रोमान्चका क्षेत्र हुन्’

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले युद्ध, राजनीति र खेल अनिश्चय र रोमान्चका क्षेत्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै सो कुरा बताएका हुन् । 

उनले लेखेका छन्, “युद्ध, राजनीति र खेल उस्तै अनिश्चय र रोमान्चका क्षेत्र हुन् भन्ने विश्वकप फुटबलको फाइनलले पुनरपुष्टि गर्यो ।” खेलाडिले अन्तिम समयसम्म सास रोकेर अन्ततः अर्जेन्टिनाले जितेकोमा उनले विश्वकपको फाइनल खेल खेल्ने अर्जेन्टिना र फ्रान्सका खेलाडीलाई बधाई दिए ।

उनले ट्वीटमा लेखेका छन्, ”अन्तिम सेकेन्डसम्म सास रोक्नु पर्यो, अन्ततः खेलले जित्यो । मेस्सीले अर्जेन्टिनालाई जिताएर सम्मानजनक विदाइ पाए । एमबाप्पेले गोल्डनबुट जितेर फ्रान्सको नाक राखे । सबै खेलाडीलाई बधाई ।”

salt training

कमेन्ट गर्नुहोस्