२२ असार २०८३, सोमबार

तारकेश्वर गाउँपालिकाको प्रशासकीय भवन निर्माण शुरु

तारकेश्वर गाउँपालिकाको प्रशासकीय भवन निर्माण शुरु

नुवाकोटको तारकेश्वर गाउँपालिकाको नयाँ भवनको निर्माण थालिएको छ । तारकेश्वर–१ रयलछापस्थित भवनको आइतबार सांसद अर्जुननरसिंह केसीले शिलान्यास गर्दै पालिकाको भवन निर्माणसँगै जनताको सेवा प्रवाहमा सहजता ल्याउनुपर्छ बताए ।   

“नयाँ भवन निर्माण हुँदैमा लक्ष्यअनुसार काममा सफलता प्राप्त गन सकिँदैन” उनले भने, “ जनताको सेवा प्रवाहमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलसहित सरोकार राख्ने सबै पक्षबीच कार्यगत एकता र लोकतन्त्रको अभ्यासमार्फत जनतालाई सेवा दिनुपर्छ ।” पूरा हुन बाँकी रहेको विदुर नगरपालिका–३ बाट तारकेश्वर हुँदै धादिङ जोड्ने सडक सम्पन्न गर्न, तारुकाघाटमा नयाँ पक्कि पुल निर्माण गर्न, तारुकाको गोरु जुधाउने प्रतियोगितालाई खेल–पर्यटनको रुपमा विकास गर्नतर्फ प्राथमिकता दिने उनले प्रतिबद्धता जनाए । 

नयाँ निर्माण गरिने भवनले पूर्वाधार विकाससहित पालिकाभित्रका सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतमा सुधारतर्फ संयोजनक गर्न सकिने लक्ष्य राखिएको गाउँपालिकाको अध्यक्ष शिव अधिकारीको भनाइ छ । रु छ करोड ४२ लाखमा ठेक्का लगाइएको भवन सम्पन्न भएसँगै पालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित विभिन्न विषयगत शाखाको सेवा एकै भवनबाट प्रवाह गराउन सकिने प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले जानकारी दिए । 

कार्यक्रममा भवन निर्माणको लागि आवश्यक ६ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने ११ जग्गादातालाई दोसल्ला र र प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । रासस
 

salt training

कमेन्ट गर्नुहोस्